हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार प्रशान्त उप्रेती एक हजार ६३० मतसहित अगाडि छन् ।
हालसम्म मकवानपुर–२ अन्तर्गत मनहरी गाउँपालिका–९ र ८ को तीन हजार ५१० मतगणना गरिएको छ । उप्रेतीलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेदवार बुद्ध लामाले ६२४ मत पाएका छन् ।
नेकपा (एमाले)का उमेदवार महेश बर्तौला ५०८ मतसहित तेस्रो स्थानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार लबशेर बिष्टले २६९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँ कुल ९१ हजार २४१ मत खसेको थियो ।
सेयर गर्नुहोस्


















