हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। ३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ घर भएका गौतम ३६ हजार ३३ मत ल्याएर विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ०३८ मत, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम १० हजार ७८८ मतमात्र प्राप्त गर्नुभएको छ ।
गौतमले पहिलो पटकमै संसदीय निर्वाचनमा जित हासिल गर्नुभएको हो।
सेयर गर्नुहोस्


















