जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने

हेटौंडा टुडे
२०८२ फाल्गुन २४, आईतवार १४:१० गते

हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताउनुभएको छ ।उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उहाँले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताउनुभएको छ ।

आयोगमा प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार ‘२३ र २४ गते देखेका फ्याक्ट फाइन्डिङ प्रयास गरेका छौँ । प्रमाणका आधारमा राय सुझाव दिएका छौँ ।  सरकारले यसको आवश्यक कारबाही गर्छ,’ उनले भने, ‘जसले गल्ती गरेको कारबाही हुन्छ । जसले गरेको छैन, कारबाही हुँदैन ।’ उनले २३ भदौको घटनामा सुरक्षा चुक भएको बताए । ‘भदौ २३ गते सुरुदेखि नै सेक्युरिटी ल्याप्सेस देखिए । ब्यारिकेडदेखि नै ल्याप्सेस भए’, उनले भने ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले सार्वजनिक गर्ने कुरामा छलफल गरी त्यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्ने बताउनुभएको छ। उहाँले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गर्नुभयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*