हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेको हो ।
स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो । विभाग सम्बद्ध स्रोतका अनुसार, उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको जनाएको छ।
सेयर गर्नुहोस्

















