बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८३ बैशाख २३, बुधबार ११:२७ गते

हेटौंडा। बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा प्रतितोला पाँच हजार ८०० बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० कायम भएको छ । मंगलबार उक्त परिणामको सुन दुई लाख ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*