हेटाैँडामा बृहत् नि:शुल्क विभिन्न विशेषज्ञ स्वास्थ्य शिविर हुने

हेटौंडा टुडे
२०८३ जेष्ठ २१, बिहीबार २१:२८ गते

हेटौंडा टुडे । हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । जेठ ३० गते विहान ८:०० बजेदेखि वेलुका ४:०० बजेसम्म हेटाैँडा-४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा शिविर हुन लागेकाे हाे । ४ नं. वडा कार्यालय, हेटाैँडाकाे आयाेजना, नेपाल  हृदयराेग निवारण प्रतिष्ठान, मकवानपुर शाखाकाे सह-आयाेजना
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटाैँडाकाे विशेष सहयाेगमा टाेल विकास संस्था नगर समन्वय समिति, हेटाैँडाकाे व्यवस्थापनमा हुने हेटाैँडा-४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनुभयाे ।

यस्ताे बृहत् शिविर तेस्राे पटक ४ नं. वडा कार्यालय र नेपाल हृदय राेग निवारण प्रतिष्ठान, मकवानपुर शाखाकाे सहकार्यमा हुँदै आएकाे अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे । बृहत् नि:शुल्क शिविरमा मुटु राेग, स्त्री राेग र क्षय राेगसम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिने बताईएकाे छ । नि:शुल्क रूपमा भिडियाे एक्सरे, ईसिजी, ईकाे सेवा उपलब्ध गराईने छ । शिविरमा सुगर र लिपिड प्राेफाईल जेकजाँच, छातीकाे एक्सरे, पि. एफ.टी. (दम जाँच) नि:शुल्क गरिने बताईएकाे छ ।

महिलाकाे पाठेघर जाँच, पाठेघर मुखकाे क्यान्सर चेकजाँच गरिने छ । साथै जनरल फिजिसियन सेवा समेत उपलब्ध गराईने,  ७ दिनकाे लागि आवश्यक औषधी नि:शुल्क उपलब्ब गराईने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिँदै शिविरबाट हुने नि:शुल्क सेवाकाे उपयाेग गर्न सबै सर्वसाधारणमा आग्रह गर्नु भएकाे छ ।
शिविरकाे प्रमुख उदेश्य स्वास्थ उपचारमा सबैकाे पहुँच पुर्याउन र स्वस्थ नगर निर्माण अभियानलाई सबैले सार्थक प्रयत्न गराैँ भन्ने रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*