झरनाकाे २५९ साहित्य श्रृङखला सम्पन्न

हेटौडा टुडे
३० मंसिर २०७७, मंगलवार २२:१४

हेटौंडा । झरना सहित्यिक परिवारकाे २५९ अाै नियमित साहित्य श्रृङखला ३ पुस्ताका ६ कविका कविताका रुपमा संस्थाका अध्यक्ष दीपक गाैतमकाे सभाध्यक्षतामा भएकाे छ ।
कार्यक्रममा अग्रज पुस्ताबाट हयग्रिव अाचार्य र मुना अर्याल, युवा पुस्ताबाट बिर्खे अन्जान र भावना सापकोटा, बाल पुस्ताबाट समर्पण न्याैपाने र स्वस्तिका दाहालले २/२ वटा रचना वाचन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिकाे रुपमा कवि अार अार चाैलागाईले यसरी तीन वटै पुस्तालाई जाेडेर कार्यक्रम गर्दा नया पुस्ताले पनि अग्रजकाे रचनाबाट सिक्ने अबसर पाउने बताउनु भयाे ।
कार्यक्रममा झरनाका सल्लाहकार रमेश माेहन अधिकारी, जनार्दन खनाल, नुवाकाेटबाट सुमित्रा सुमि , गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारि , सुवास खनाल, डिवि बर्ताैला, काभ्रेबाट रचना माेक्तान यात्रि, ईजरायलबाट श्रिराम अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे । संस्थाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको मसान उपासकले सहजिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*