हेटौंडा/हेटौंडा ६ स्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाकोे १२ औं बार्षिक साधारण सभा शनिबार बाट सुरु भएको छ ।
संस्थाका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ अध्यक्ष अर्जुन प्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो । कोरोनाको भाइरस संङक्रमणका कारण सहकारी विभागको निर्देशन बमोजिम पुस १८ गतेसम्म साधारणसभा संञ्चालन गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कुल दुई हजार सात सय शेयरसदस्य रहेको संस्थाको शेयरपुँजी एक करोड ८१ लाख ३ हजार रुपँैया रहेको छ । संस्थाले २० करोड ३२ लाख ९० हजार ६ सय ५३ रुपैंया बचत गरेको छ । भने विभिन्न शिर्षकमा १८ करोड ३४ लख ६० हजार ६ सय ७०रुपैंया ऋण प्रवाह गरेको छ ।
सेयर गर्नुहोस्


















