हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको सभामुख पदका लागि उपसभापति एवं सांसद डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबारको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित भएको छ ।
चैत २२ गते हुने सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गर्ने जनाएको छ । तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने दिउँसो २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ ।
चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।
सेयर गर्नुहोस्


















