हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको दाबी गर्नुभएको छ ।
मंगलबार ‘बागमती प्रदेश विकास दर्पण’को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वागमती प्रदेश अगाडि रहेको बताउनुभयो ।सडक, पुल, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत आवश्यकता पुरा गर्नेदेखि सुरुङमार्ग निर्माणको योजना कार्यान्वयनको चरणमा रहेको मख्यमन्त्री पौडेलले बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले सरकार गठनको तीन वर्ष नपुगिकनै सरकारले गरेका कामको परिणाम देखिन थालेको बताउनुभयो ।
सेयर गर्नुहोस्


















