यस्तो छ आजको मौसम

टुडे संवादाता
२०७८ मंसिर ५, आईतवार १३:२७ गते

काठमाडौं /मौसम पूर्वानुमान महाशाखाका अनुसार आईतबार आज प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता, सोमबार प्रदेश १ को पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भ–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*