हेटौंडा ६ का राउत बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको १ लाख ५२ हजार रुपैयाँसहित पक्राउ

टुडे संवादाता
२०७८ मंसिर १०, शुक्रबार १८:४१ गते

हेटौंडा /मकवानपुर प्रहरीले बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको १ लाख ५२ हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।
शुक्रबार (आज) जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ५९ बर्षीय भीम राउतलाई उक्त बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको रकम १ लाख ५२ हजारसहित पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा शंकाष्पद अवस्थामा हिंडिरहेका बेला राउतको खानतलासी गर्दा एकथान बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । पक्राउ परेका राउतलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालय मकवानपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*