बिहीबार सुनको मूल्य स्थिर

हेटौंडा टुडे
२०७८ मंसिर १६, बिहीबार ११:०२ गते

हेटौँडा/ बिहीबार सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो । तर, यता चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा झरेको हो । गत बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुनको मूल्य पनि गत बुधबारकै मूल्य कायम हुँदै आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*