हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौँडाको मुुटुमा अवस्थित पुष्पलाल पार्क यतिबेला अस्तव्यस्त बन्न थालेको छ । कुनै समय भिड लाग्ने हेटौंडाको पुष्पलाल पार्क यति खेर भने बिरक्तमय बनेको छ । हेटौंडाको एक पर्यटकिय क्षेत्रको रुपमा चिनिने यो पार्क हाल भने चर्चाको विषय बनेको छ ।

सुन्दर शहरको बीचमा रहेको यो पार्क राम्रो व्यवस्थापन नहुदा त्यहाँँ अवलोकन गर्न आउनेको सङख्या घट्दै आएको छ। त्यँहा घुम्न आउनेहरुले पनि भन्न थालेका छ्न कि अहिले त यहाँ कस्तो नरमाइलो र बिरक्त लाग्ने पो भएछ । पुष्पलाल पार्क सफा रहेता पनि यस पार्कलाई आवश्यक समाग्री जुटाउन नसक्दा चर्चामा आएको हो ।

मनोरञ्जन गर्ने साधन नभएको कारण पनि त्यहाँ घुम्न जानेको संख्या कम रहेको पुस्पालाल पार्कका एक कर्मचारी सम्भु तिमल्सिनाले जानकारी दिनु भयो । उहाँ भन्नू हुन्छ, यो एउटा धर्मिक संस्था हो । पुस्पलाल पार्कलाइ साचै नै राम्री पुस्पलाल पार्क बनाउने हो भने अझै धेरै सामाग्रीको आवश्यक छ तर यहाँ सहयोग गर्ने हातहरु निकै कम छ कोहि तिर्खाएको बेला पानी समेत पिउने अबस्था छैन ।खाने पानीको फिल्टर सबै बिग्रेको र फ़ोहोर फाल्ने डस्बिन समेत पनि छैन ।

तीन जना कर्मचारी रहेको सो पार्कमा कर्मचारीहरुलाई नै राम्रो व्यवस्था नरहेको पनि तिमल्सिनाको भनाइ छ । पानीमा चल्ने केही मनोरञ्जनको साधन र बस्ने राम्रो व्यवस्थापन हुने हो भने पुस्पलालमा आएका मानिसहरुले आन्नद लिन सक्ने बाताबरण सिर्जना हुने पनि उहाँले बताउनु भयो ।
यसपार्कलाई एक राम्रो पर्यटकिय क्षेत्र बनाउने हो भने बजेटको आवश्यकता देखिन्छ । यसै क्रममा घुम्न आएका एक महिला हेटौंडा टुडे सङग कुरागर्दै भन्छिन । यति सुन्दर हेटौंडा बजारको बिचमा रहेको यो पार्कको अबस्था हेर्दा अलि खल्लो लाग्यो । साच्चै यस पार्कलाई बागमती प्रदेशको राजधानी हेटौंडामा राम्रो व्यवस्थापन गर्ने हो भने हेटौंडाको पुस्पालाल पार्कले छुट्टै परिचय पाउने थियो । ॐ शान्तिका सदस्यहरु बाट केही सहयोग पायको अरु बाट खासै सहयोग नपायको पनि कर्मचारीहरु बताउँछन् ।

सबै स्थानीय तहले पनि यस पार्कलाई राम्रो ध्यानमा राखी केही सहयोग गरिदिने हो भने पुस्पालाल पार्कको मुहार नै परिबर्तन हुने थियो । यो पार्क धार्मिक सस्था भयको कारण सेवा गर्न चाहनेहरु ले सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।


















