काठमाडौं /नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उमेदवारको खोजी जारी रहँदा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय स्थापना गरेर प्रचार सुरु गर्न लागेका छन् ।
आज दिउँसो १ बजे सिंहकै निवास चाक्सीबारीमा सभापतिको साझा उमेदवार खोजी गर्न बैठक डाकिएको छ ।
सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा आफ्नो समूहमा साझा उमेदवार चयन गर्न नसके ‘स्वीङ भोट’ देउवातिर जाने र पुनः देउवा नै निर्वाचित हुँदा कांग्रेसप्रति नागरिक आशा समाप्त हुने निष्कर्ष निकालिएको थियो । तर, सिंहले भने पूर्वनिर्धारित कार्यातालिकाअनुसार काठमाडौंको ट्राफिक प्रहरी महाशाखानजिकै रहेको एलम्बर पार्टी प्यालेसमा सम्पर्क कार्यलय खोलेका छन् ।
मंगलबार बिहान काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ र बायाँ राखेर सिंहले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।


















