कांग्रेस केन्द्रीय समिति अन्तिम बैठक सकियो, तीन प्रस्ताव पारित

टुडे संवादाता
२०७८ मंसिर २३, बिहीबार १५:५४ गते

काठमाडौँ /नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। पार्टी कार्यालय सानेपामा बसेको वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले तीन प्रस्ताव पारित गरेको छ।

 

पार्टीको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।

 

वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित बैठकले विधान संशोधनलगायत अनुमोदन पनि गरेको छ। त्यस्तै, १४ औं महाधिवेशनको सभापतिका आकांक्षी प्रकाशमान सिंह पनि अनुपस्थित थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*