नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा पौडेल

हेटौंडा टुडे
२०७८ पुष ६, मंगलवार ११:४६ गते

हेटौँडा/ नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी काभ्रेपलाञ्चोकका दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै पौडेल अध्यक्षमा विजयी भएका हुन् ।

पौडेलले १६२ मत पाउँदा गौतमले ८६ मत पाए । यस्तै, तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । तीन जना उपाध्यक्ष पदका लागी १० जनाको उम्मेदवारी परेको थियो ।

यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित हुँदा तीन जना सहसचिव पदका लागी भएको निर्वाचनमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएका छन् । अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*