यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

हेटौंडा टुडे
२०८३ बैशाख १४, सोमबार १५:५२ गते

हेटौंडा। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ ।  साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै  सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए। साथै सरकारले सशस्त्र प्रहरी बलको १३औँ महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने,

२. ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने,

३. सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (IGP) पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) नारायणदत्त पौडेललाई बढुवा नियुक्ति।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*