हेटौंडा १० गोरक्षेश्वर मन्दिरमा भोलीबाट महायज्ञ सुरु

टुडे संवादाता
२०७८ पुष १९, सोमबार १७:३८ गते

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित गोरक्षेश्वर मन्दिरमा भोलीबाट सपाद सतकोटिहोम महासंकल्पद्वारा ५० दिनको धर्म जागरण ज्ञान महायज्ञ सुरु हुने भयको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गदैं महायज्ञ हुनेबारे जानकारी दिईएको हो ।
धर्मसभा विश्वहिन्दु महासघं अन्तराष्ट्रिय श्रीराम भक्त हनुमान सेवा समिती र श्री गोरक्षेश्वर क्षेत्र विकास समितिको आयोजना महायज्ञ हुन लागेको जनाईएको छ । पत्रकार सम्मेलनमा बोल्दै धर्मपाल गुरु वरिष्ठले देश सङ्कटमा पुर्ण रुपमा रहेको र धर्म नास हुँदै गएको कारण होमकोटि महायज्ञ हुन लागेको जानकारी दिनुभयो ।

वेदको ज्ञान देखाउन र कोटिहोमको शुत्र बुझ्न र भैरहेका गलत कार्यहरु नगराउन उक्त महायज्ञ आयोजना गरियको समेत गुरु बशिष्टले बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासघंका उपाध्यक्ष सरला अधिकारीले दिप प्रज्वलन गर्नु भयको थियो । महायज्ञमा दक्षिणकाली माता, काली माता ,धर्मपाल गुरु वरिष्ठ लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*