हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका स्थित सिमातमा ट्याक्टर दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार बुधबार कान्तिलोकपथ अन्तर्गत बकैया–११ को सिमात घुम्तीमा ठिंगनबाट हेटौंडा तर्फ आईरहेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खस्दा २ जना गम्भिर घाईते भएको हो ।
प्रहरीले गम्भिर घाईते भएका २ जनालाई उद्धार गरी उपचारको लागि हेटौंडा ल्याईएको छ ।
घाईतेहरु द्वयको हाल सम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्


















