दिव्यतारा सहकारी संस्थाको २३ औँ वार्षिक साधारणसभा सम्पन्न

हेटौंडा टुडे
२०७८ पुष २५, आईतवार १३:३८ गते

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर- २, पल्पसारोडस्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ को सभाध्यक्षता तथा सहकारीकी ज्येष्ठ सदस्य आत्मा देवी कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

सहकारीकी अध्यक्ष उपाध्यायले दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरको अग्रस्थानमा रहँदै अब बागमती प्रदेशकै अग्रणी सहकारीको रुपमा स्थापित हुने बताइन् । आर्थिक वर्ष २०७७ र ७८ मा ८ हजार ७ सय ८६ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ११ करोड ४९ लाख रुपैयाँ रहेको जनाइएको छ । सहकारीले ५१ करोड ४२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ९१ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

सामुदायिक रेडियो समेत सञ्चालन गरिरहेको सहकारीले खाद्य तथा तेल उद्योग, सहकारी उपभोक्ता पसल, साबुन उद्योग, गोलभेँडा प्रशोधन केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीले हेटौंडा–२ स्थित मुख्यालयसहित जिल्लाभित्र १० वटा र ललितपुरको बागडोल तथा चितवनको भरतपुर–१०, चौबीसकोठीमा पनि सेवा केन्द्र सञ्चालन गरेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, ऋणी, सदस्य परिवारबाट एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*