हेटौंडा/हेटौंडामा आईतबार (आज) एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा ११ का ६९ वर्षका एक पूरुष रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
सुचना अधिकारी घिमिरेका अनुसार उनको आइतबार दिउँसो १ बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
कोरानाका कारण पछिल्लो समय मकवानपुरमा संक्रमितको संख्या बढ्दै गइरहेकोले स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो कार्य गर्न घिमिरेले सुझाव दिएका छन् ।
सेयर गर्नुहोस्


















