हेटौंडा/सरकारले आगामी माघ १५ सम्मलाई कलेज र ट्युसन सेन्टर बन्द गर्ने भएको छ । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै सरकारले माघ १५ सम्म कलेज र ट्युसन सेन्टर पनि बन्द गर्ने भएको हो ।
ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख गरिएको छ । नेपालमा दैनिक सरदर ४ हजार भन्दा माथि संक्रमित थपिएका छन।
सेयर गर्नुहोस्


















