चण्डिका माविको ४३ औं वार्षिकोत्सव सम्पन्न

हेटौंडा टुडे
२०७८ फाल्गुन ११, बुधबार १६:४८ गते

 हेटौंडा।  चण्डिका माध्यामिक विद्यालयको ४३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको यस विद्यालयमा आज बुधबारगाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षतामा कार्यक्रम भएको हो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो । फुयाँलले बालमैत्री वातावरणमा शिक्षण, दिवा खाजा, छात्राहरुका लागि स्यानिटरी प्याड, प्याड डिस्पोजल मेसिनको व्यवस्था, विद्यार्थीका लागि पास आउटको व्यवस्था, सहभागिताको सुनिश्चित गर्न बाल समूह गठन, परियोजना कार्यहरु, शैक्षिक सुधारका लागि विभिन्न चरणमा परिक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन लगायत अन्य विभिन्न कामहरु भइरहेको कार्यक्रममा बताउनु भयो । विद्यालयमा १४४ छात्र र १८१ छात्रा गरि कक्षा १ देखी १२ सम्म ३२५ जनाले अध्ययन गरिएका छन् ।

 

कार्यक्रममा परिक्षामा प्रथम, द्धितीय र तृतीय छात्रछात्रालाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीन, वडा सदस्य रामप्रसाद पुडासैनी, गाउँपालिकाका स्रोत शिक्षक दासरथि उपाध्याय, विद्यालयका पूर्व प्रअ दोर्जे लामा स्याङ्तान, वडा सदस्य पातली माया गोले, जालपा माविका प्रअ राजु गौतम, बंशगोपाल माविका प्रअ लिलानाथ ढुङ्गेल, विद्यालय सहायक प्रअ वीरबहादुर गोले लगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*