मकवानपुरगढीको दूई ठाँउमा गठबन्धनको सयुक्त सम्पर्क कार्यालय उद्घाटन

हेटौंडा टुडे
२०७९ बैशाख १५, बिहीबार २२:१३ गते

हेटौंडा ।   मकवानपुरगढी गाँउपालिकामा स्थानीय तहको चुनावका लागि गठबन्धन दलको संयुक्त चुनाव प्रचार प्रसारका कार्यालय उद्घाट्न गरिएको छ । गढी गाँउपालिका वडा नम्बर २ र ५ मा आज विहीबार गठबन्धन दलको संयुक्त चुनाव प्रचार प्रसारका कार्यालय उद्घाट्न गरिएको हो । वडा नम्बर २ सिखरकटेरि तथा वडा नम्बर ५ धादिङमा गठबन्धनको संयुक्त चुनाव प्रसार प्रसार समितीको कार्यालय स्थापना गरिएको हो । गठबन्धन दलको जिल्ला संयोजक एवम नेपालि काग्रेस जिल्ला सभापति बुद्ध लामा ,नेकपा माओबादि केन्द्र जिल्ला सचिब भिम पाख्रिन र न क पो एकीकृत समाजवादीका गाँउ कमिटि सचिब रोमनाथ रेग्मिले सयृक्त रुपमा रिवन काटेर चुनाव प्रचार प्रसारका कार्यालय उदघाटन गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी गठबन्धन दलको जिल्ला संयोजक एवम नेपालि काग्रेस जिल्ला सभापति बुद्ध लामाले संविधान र जनताले ल्याएको परिवर्तनलाई स्थापित गर्न गठबन्धन भएको बताउनु भयो । अहिले भएको गठबन्धनका सबै उम्मेदवारलाई सबैले मिलेर गोप्य मतदान गरि बिजयी गराउने काममा भुमिका खेल्न आग्रह गर्नुभयो। लामाले गठबन्धन मुलुक र गणतन्त्र जोगाउनका लागि र केपिको तानासाह र परास्त गर्नकोे निम्ति रहेको बताउनु भयो ।

कार्यालय उद्घाटन कार्यक्रममा पाँचदलीय गठबन्धनबाट गाउपाँलिका अध्यक्ष दोर्जे लामा स्याङतान र उपादध्यक्ष पदका उम्मेद्वार मानकुमारि पाख्रिनले गठबन्धनलाई जिताउन मतदाता आग्रह समेत गर्नू भयो ।गाउपाँलिका अध्यक्ष पदका उम्मेदवार स्याङतानले गाउमै गुणस्तरिय शिक्षा , सर्वसुलभ स्वास्थ्य , भट्चार मुक्त समाज सिर्जना गर्ने , पुर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्र्ने बताउनु भयो । आफु जनताको बीचमा रहेर उनीहरुको चाहाना अनुसारको विकास तथा समृद्दिको यात्रामा सहयात्री बन्ने पनि प्रतिबद्धता ब्यक्त गर्नू भयो । ’उम्मेदवार स्याङतानले राजनीति एउटा पेशा नभई सेवा भएकाले आफू शासक नबनी सेवक जनताको सेवक बन्ने पनि प्रतिबद्दता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उपादध्यक्ष पदकी उम्मेद्वार मानकुमारि पाख्रिनले गठबन्धन दललाई बिजयी गराउन अब सबै लाग्ने समय आएकाले अब एक जुट हुने समय आईसकेको बताउनु भयो । आफु सामाजिक क्षेत्रमा सक्रिय रहेकाले आफ्नो सोच साघुरो नभएकाले आफु सबैको साझा बनेर पालिका बिकासमा लाग्ने बताईन । आफु सासक नभई सेवक बन्ने बनेर सिङ्गो पालिका बिकासका र समृद्धिको निम्ति लाग्ने बताईन ।

संयुक्त चुनाव प्रचार प्रसारका  उद्घाट्न कार्यक्रममा ने. क .पा. माओबादि केन्द्र जिल्ला सचिब भिम पाख्रिन, नेकपा एकिकृत समाजवादीका गाँउ कमिटि अध्यक्ष अर्जुन प्रसाद दहाल, सचिब रोमनाथ रेग्मि , नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्य बहादुर रुम्बा , नेपालि कांगेस जिल्ला सदस्य भिम कुमारि न्यौपाने, नेपालि काग्रेस क्षेत्र नम्बर २ का संघिय सचिब बलराम घिमिर, पुर्व संघिय सभापति यतिराज सापकोटा , माओबादि केन्द्र गाँउकमिटि अध्यक्ष राजकुमार खड्का , लगायतको आतिथ्यता  रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*