हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिृकतको कार्यालयले गाउँपालिकाको सबैभन्दा जेष्ठ र सबैभन्दा कान्छी उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि परेको उम्मेदवारीहरु मध्ये कार्यालयले सबैभन्दा जेष्ठ र कान्छि उमेरका उम्मेदवारको नाम सार्वजनिक गरेको हो । निर्वाचन अधिकृतको कार्यालयको अनुसार मकवानपुरगढी गाउँपालिका–७ नम्वर वडाध्यक्षका उम्मेदवार सबैभन्दा जेष्ठ रहेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका सुर्य रुम्बा ६८ वर्ष भइसकेका छन् । त्यस्तैगरि मंगोल नेशनल अर्गनाइजेसनबाट १ नम्वर वडाको महिला सदस्य पदको उम्मेदवार दुध कुमारी स्याङ्तान सबैभन्दा कान्छी उम्मेदवार रहेकि छन् । उनी २१ वर्षको भइन् ।
सेयर गर्नुहोस्


















