मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रिनलेले शुक्रबार पदभार ग्रहण गरेका छन । पदभार ग्रहण पछि स्याङ्तान र उपाध्यक्षले आफुहरु शासक नभइ सेवक भएर काम बताएका छन साथै गाउँपालीकाको समृद्धिको यात्रा आफ्नो प्रमुख लक्ष्य हुने स्याङ्तानले बताएका छन् ।
चुनाव एउटा प्राविधिक विषय भएको र अब सबैको साझा ब्यक्ती भई पक्षपात नगरी काम गर्ने बताए । ग्रहणपश्चात स्याङ्तानले खरको छानो मुक्त बनाउन जस्तापाता, आर्थिक पक्ष कमजोर भएको व्यक्तिलाई सहयोग गर्ने भनी पहिलो निर्णय समेत गरेका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले आफुहरु नयाँ योजनाको साथ आएको भन्दै जनताको विश्वास र अपेक्षालाई ५ वर्ष भित्रमा पुरा गर्ने बताइन् । । अघिल्लो स्थानीय सरकारले विकासको काममा उत्साहजनक छाप छोड्न सफल भएको भन्दै आफुहरुले पनि उपेक्षा र पुर्वाग्रहको मनोभावना नराखी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई शुभकामना व्यक्त गरेका छन् । उनले पाँच वर्र्षिय कार्यकालमा गाउँपालिकामा विकास र समृद्धिको आधार तयार गर्न सघाउने सम्पुर्ण पक्षलाई धन्यवाद दिए ।


















