हेटौंडा उपमहानगरको पहिलो बैठकमा नै एमालेको अवरोध

विद्युत र खानेपानीमाथी गरे राजनिति
हेटौंडा टुडे
२०७९ जेष्ठ १९, बिहीबार १८:५७ गते

हेटौंडा /हेटौंडा उपमहानगरपालिकाको विहीबार बसेको पहिलो कार्यपालिका बैठक बिना निष्र्कष टुङ्गिएको छ । बैठकमा एमाले निकट कार्यपालिका सदस्यहरुले बैठक कक्षमा उपस्थिती भएता पनि हाजिरी नगरि विरोध जनाएपछि बैठक बिना निष्र्कष टुङ्गिएको थियो ।

बैठकमा पेश गरिएको खानेपानी र बिजुलीको विषयको प्रस्तावको विरोध जनाउदैं उनीहरुले प्रस्ताव माथी धन्यवाद मात्र दिने तर कुनैपनि एजेण्डा पास नगर्ने रणनीति लिउ पछि बैठक सञ्चालन हुन सकेन । नगरबासीहरुको अतिआवश्यक गाँसबास सँग जोडिएको बिजुली र खानेपानीको विषयलाई बेवास्ता गर्दै एमाले निकट कार्यपालिका सदस्यहरुले विरोध जनाएको उपमहानगरपालिका स्रोतले जनाएको छ ।

नगर प्रमुख मिनाकुमारी लामाले बैठकको प्रारम्भमा अति विपन्न घरपरिवारलाई मासिक पन्ध्र हजार लिटर खानेपानी र २५ युनिट विद्युत निशुल्क उपलब्ध गराउने भन्ने प्रस्ताव पेश गरेकी थिइन् । तर प्रस्ताव माथी छलफल अगावै एमाले निकट कार्यपालिका एक सदस्यले बैठकमा आफुहरुले धन्यवाद मात्र प्रदान गर्ने पार्टीको निर्देशन अनुसार कुनैपनि एजेण्डा पास नगर्ने नीति सुनाउदैं बैठकमा उपस्थिती हाजिरी नहुने जानकारी गराएपछि बैठक आज पुनः ५ बजे बस्ने भनी बोलाइएको छ ।

बैठकमा २९ जना कार्यपालिका सदस्यहरु मध्ये १७ जना एमाले निकट रहेका छन् भने १२ जना गठबन्धनका सदस्य रहेका छन् । आजको बैठकमा एमाले निकट कार्यपालिका सदस्यहरु मध्ये १५ जनाले उपस्थितीमा हस्ताक्षर गर्न नमानेको पाइएको छ । बहुमत नभएपछि कार्यपालिकाको पहिलो बैठकमा नै एमाले निकट सदस्यहरुले दम्भ देखाउन सुरु गरेका छन् ।

नगरबासीको जीवनस्तर उकास्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधिले पार्टीको ह्वीप लिएर सामान्य नागरिकको गाँसबास माथी राजनिति गर्न थालेपछि उनीहरुको आलोचना सुरु भएको छ । जनप्रतिनिधि भएपछि पार्टी भन्दा स्वतन्त्र भइ नगरविकासमा भूमिका खेल्नुपर्ने अवस्थामा विजुली र खानेपानीको विषयमा राजनिति गर्न खोज्नु तल्लो स्तरको पराकाष्टा हो । सामान्य एजेण्डालाई समेत विरोध गर्ने जनप्रतिनिधिले नगरको विकासमा कस्तो भूमिका खेल्लान ? त्यो हेर्न भने बाकीँ छ । पहिलो बैठकमा यस्तो गतिविधि देखापरे पछि नगर प्रमुखले आगामी बैठकहरु प्रत्यक्ष प्रशारण गरि नगरबासी माझ पुग्ने बताएका छन् ।स्रोत सिधाखबर डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*