फर्पिङमा मृत भेटीएको २ युवायुवतीको पहिचान खुल्यो

हेटौंडा टुडे
२०७९ जेष्ठ २४, मंगलवार १७:३२ गते

काठमाडौं/काठमाडौं स्थित दक्षिणकाली नगरपालिका फर्पिङमा मृत फेला परेका २ युवायुवतीको सनाखत भएको छ । प्रहरीका अनुसार मृतकहरू मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ का २० वर्षीय मनिष ठकुरी र दाङको राप्ती गाउँपालिका–२ की २० वर्षीया बिमला कुमाल रहेका छन् ।

सोमवार दुवैको शव फेला परेको थियो । शव भेटिएको ठाउँ नजिकै विषादीको बट्टा समेत फेला परेको थियो । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*