नेपालि कांग्रेस मकवानपुरगढीद्वारा नवनिर्वाचित जनप्रनिधिलाई सम्मान

हेटौंडा टुडे
२०७९ जेष्ठ २८, शनिबार २१:३६ गते

हेटौंडा । कांग्रेस मकवानपुरगढी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । आज सनिबार नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रीन लगायत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई धन्यबाद तथा सम्मान गरेको हो ।
पालिका सभापति राजवीर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन सहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एवं वडा सदस्यहरुलाई टिका र खादा लगाई सम्मान गरिएको हो ।

नेपालि कांग्रेस जिल्ला सदस्य राजकुमार गोलेको प्रमुख अतिथ्यतामा भएको थियो कार्यक्रममा पालिका अध्यक्ष स्याङतान, उपाध्यक्ष पाख्रीन, महासमिति सदस्य तथा वडा अध्यक्ष सुर्य बहादुर रुम्बा, चुनाव प्रचारप्रसार संयोजक यतिराज सापकोटा, क्षेत्र २ का संघीय सचिव बलराम घिमिरे, वडा अध्यक्ष १ का आइतसिं लो, २ का बखान सिंह पाख्रीन, ५ का दिपेश दहाल, ८ का कुमार सिं घिसिङ, संघीय सदस्य मन्दिरा केसी, रामशरण धिताल, पालिका उपसभापति थलनाथ घिमिरे, शिक्षक संघ जिल्लाका राजु गौतम, पालिका अध्यक्ष प्रह्लाद घिमिरे, तरुण दल पालिका अध्यक्ष सानोकान्छा थिङ, वडाका पार्टी सभापतिहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*