मन्त्री प्रेम आले विरुद्ध अश्लील शब्द प्रयोग गरेको भन्दै संसदमा उजुरी

हेटौंडा टुडे
२०७९ असार ५, आईतवार १४:३६ गते

हेटौंडा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले विरुद्ध संसदमा उजुरी परेको छ ।
संसदको आचरण अनुगमन समितिमा अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र विद्यार्थी रेजिना पौड्यालले मन्त्री आलेले अश्लील शब्द बोल्ने र धम्की समेत दिने गरेको भन्दै उजुरी गरेका हुन् ।

उनीहरूले मन्त्री आलेले विभिन्न व्यक्तिहरूलाई फोन तथा प्रत्यक्ष भेटघाटका क्रममा अश्लिल शब्द प्रयोग गरी हातपात समेत गरेको समाचारहरू बाहिर आएको भन्दै सांसद तथा मन्त्री हुनुको हैसियतले आलेले गरेको उक्त हर्कत संसदीय मर्यादा भन्दा बाहिर रहेको बताएका छन् ।

उजुरीमा यस्ता गतिविधिका कारण आम जनताबिच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संसय पैदा हुने बताउँदै यसले राजनीतिक दलहरूप्रति थप वितृष्णा पैदा हुने भएकाले कारबाहीका लागि सिफारिस गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*