भारतमा एकैदिन थपिय १३ हजार संक्रमित

हेटौंडा टुडे
२०७९ असार ९, बिहीबार १०:३८ गते

हेटौडा । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । कम्तिमा १२ हजार ९४० नयाँ कोभिड संक्रमित भेटिएका छन् । यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ४७ हजार ५९७ पुगेको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ९७ हजार ६३९ पुगेको छ । भारतमा बुधबार कोभिडबाट ३८ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९४१ पुगेको छ । भारतमा कोरोना बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने भएकाले सीमानाकामा कडाइ गर्नुपर्ने देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*