हेटौंडा । अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ मकवानपुर प्रहरिले प्रकाउ गरेको छ । हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई प्रहरीको स्टिङ्ग अप्रेशन नै गरैर पक्राउ गरेको हो।
हेटौंडा ४ स्थित कमलडाँडामा कुलदिप पाठकले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाउने १२ जना युवालाई पक्राउ गरेको हो।
पाठक र अन्य ११ जनाले कोठा भाडामा लिएर अनलाइन जुवा खेल हुन्छ भनेर गोप्य सूचनाको आधारमा उनीहरूलाई रङेगेहात पक्राउ गरेको मंगलबार दिउँसो पत्रकार सम्मेलनको मार्फत जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएकाृ छ ।
प्रहरीले पाठकसँगै हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।
अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १० थान मोबाइल,३ थान ल्याप्टप,५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद भए संगै पक्राउ परेका सबै माथि म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ।


















