शपथ ग्रहणको लागि संसद् भवन पुग्दै सांसदहरु

हेटौंडा टुडे
२०८२ चैत्र १२, बिहीबार १३:४९ गते

हेटौंडा । प्रतिनिधिसभाका  नवनिर्वाचित सांसदहरुकाे शपथ ग्रहण केहीबेरमा हुँदैछ । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरु शपथ ग्रहणको लागि सिंहदरबार जाने क्रम चलिरहेको छ।  दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम रहेकाले उनीहरु सिंहदरबार जाने क्रम सुरु भएको हो।

प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ११० जना निर्वाचित भएका हुन् । जेष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट हिजै (बुधबार) नै प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेका छन् । आज बाँकी सांसदलाई उनले शपथ गराउने छन् ।

संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुखको निर्वाचन नै नभएको वा दुवै पद रिक्त रहेको अवस्थामा सभाको अध्यक्षता ज्येष्ठ सांसदले गर्नुपर्नेछ भन्ने व्यवस्था छ।

सांसदहरु आ-आफ्नाे भेषभूषामा सजिएर शपथ लिँदैछन् । अधिकांश सांसदहरु पहिलोपटक संसदको यात्रा तय गरेका हुन् । यो पटक संसदमा ६ दलले संसदमा प्रतिनिधित्व गर्दै छ । सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका सांसदहरु छन् ।

May be an image of one or more people and temple

May be an image of one or more people, beard and suit

 

May be an image of one or more people

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*