हेटौंडा। पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधरण तारिखमा छाड्न आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई छोड्न आदेश दिएको हो । उनीविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो ।
प्रसाईंलाई यही जेठ ७ गतेबाट दोस्रोपटक लागु हुनेगरी पर्सा जिल्ला अदालतले चार दिन थुना म्याद थप गरेको थियो । जेठ ४ गते वीरगञ्जस्थित दियालो होटेलबाट उनी पक्राउ परेका थिए ।
सेयर गर्नुहोस्






















