मकवानपुरगढी गाउँपालिकाको स्थितीपत्र जारी

हेटौंडा टुडे
२०७९ असार ३२, शनिबार १८:२९ गते

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आफ्नो स्थितीपत्र जारी गरेको छ । शनिबार गाउँपालिकाका प्रवक्ता दिपेश दहालले गाउँपालिकाको स्थिती पत्र जारी गरेका छन् । उनले गाउँबासीहरुलाई सम्बोधन गर्दै गाउँपालिकाको स्थितीलाई मध्येनगर गर्दै गाउँपालिकाको हित र भलाईमा कार्यमा समानुपातिक, समन्यायिक र समुचित तरिकाले गाउँविकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पालिकाको आव २०७८÷०७९मा ९२ करोड ६२ लाख त्रियासी हजार रहेकोमा असार मसान्त सम्ममा ७१ करोड ७५ लाख ६१ हजार मात्रै आम्दानी भएकाले आम्दानी भन्दा बढी ठुलो बजेट बनाएको अवस्थामा ठुलो रकम असार मसान्तमा भुक्तानी गर्न नसकिएकोले दायित्वको रुपमा रहेको प्रवक्ता दहालले बताए । उनले यस अघिको सरकारले श्रोतको सुनिश्चिता नभइ उपभोक्ताहरुसँग योजना सम्झौता गरिएको, श्रोतले धान्नै नसक्ने गरी दरबन्दी भन्दा बढी कर्मचारी करार र दैनिक ज्यालादारीमा राख्दाले आर्थिक भार परेको, पटकपटक रकम रकमान्तर गरिनुका साथै कार्यपालिकाबाट निर्णय गरि थप योजना गरिएको, बजेटलाई ढिक्कामा राखेर तोक आदेशको आधारमा थुप्रै योजना बाँडफाँड गरिएको, खर्चमा मितव्ययीता अपनाउन नसकेको, बजेट एकीन नगरी कार्यपालिकाबाट खरिद तथा अन्य कार्य गर्न निर्देशन भएको र श्रोत साधन यर्थाथ एकीन नगरी पालिकाले बजेट अनुमान गरिएको जस्ता कार्यले गाउँपालिकामा आर्थिक भार रहेको बताए ।

प्रवक्ता दाहालले पालिकाको दायित्व रकम भुक्तानी गरिनेछ, पालिकामा रहेका अधुरा योजनाहरु रकम विनियोजन गरि पुरा गरिनेछ । अघिल्लो सरकारका असल काम र अभ्यासलाई अनुसरण गरिनेछ, अनावश्यक कर्मचारीलाई कटौती गरी दक्ष कर्मचारीबाट कार्य सम्पादन गरिने बताए । भष्ट्रचारलाई शुन्य सहनशीलाको नीति अवलम्बन गरिदैं बजेट विनियोजन भन्दा बाहेकका योजनाहरु कार्यान्वयनमा नल्याउने बताए । पालिकाभित्रका सबै कार्यालयहरु प्रविधिमैत्री बनाई सेवा प्रदान गरिने प्रवक्ता दहालले बताए । स्थिती पत्र जारी कार्यक्रममा पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रीन, आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद बजगाई लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*