नदीमा बस खस्दा ५ जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ श्रावण २, सोमबार १२:५२ गते

हेटौडा। भारतको मध्य प्रदेशको धार जिल्लाको खलघाटमा करिब ४० यात्रु बोकेको बस नर्मदा नदीमा खस्दा ठूलो दुर्घटना भएको छ । भारतीय सञ्चार माध्यमले दिएका जानकारी अनुसार इन्दौरबाट महाराष्ट्रतर्फ जाँदै गरेको यात्रुबाहक बस खलघाट सञ्जय सेतु पुलमा सन्तुलन बिग्रँदा खोलामा खसेको थियो ।हाल ५ जना यात्रुको शव निकालिएको छ ।

साथै घाइतेहरुलाई एम्बुलेन्सको सहयोगमा धामनोद सरकारी अस्पताल पठाइएको छ ।घटनास्थलमा धामनोद प्रहरी र खल्ताका प्रहरी अग्रपंक्तिमा छन्, गोताखोर उद्धारमा खटिएका छन् । उद्धारका लागि एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*