कोभिड–१९ संक्रमण बढ्दै एक सातामा ८ को मृत्यु

हेटौंडा टुडे
२०७९ भाद्र १०, शुक्रबार १२:१४ गते

हेटौडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण एक सातामा ८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले कोरोना संक्रमणका कारण बिहीबार एकैदिन ३ जनाको मृत्यु भएको भन्दै एक सातामा ८ जनाको मृत्यु भएको जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार, संक्रमणका कारण भदौ ४ गते २ जना, ६ गते १ जना, ७ गते १ जना, ८ गते १ जना र ९ गने ३ जनाको मृत्यु भएको हो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९९० को मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*