हेटौंडा । धरान – चतरा सडक खण्ड अन्तरगत हेटौंडा उपमहानगर पालिका वडा नम्बर – १८ मा सवारि दुर्घटना भएको छ । ठूलो दमारबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ च २९९ नं.को खालि बोलेरो पिकअप गाडिले सडकको छेउमा रोकि राखेको बा ४४ प ३८०२ नं को मोटरसाइकललाई राती करिब १०:०० बजे तिर ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा नम्बर १ बस्ने अन्दाजी बर्ष ३१ को धर्मेन्द्र राम थारु रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घाईते धारुको उपचारको क्रममा राती करिब ११:०० बजे हेटौडा अस्पतालले मृत घोषण गरेको प्रहरीले जनाएको छ । बोलेरोको चालक फरार रहेको र खोजी भईरहेको प्रहरिले जनाएको छ ।
सेयर गर्नुहोस्






















