जलचर प्राणीको संरक्षण गर्नुपर्ने भन्दै उपमहानगरको ध्यानाकर्षण

हेटौंडा टुडे
२०७९ आश्विन ७, शुक्रबार १४:५० गते

हेटौंडा । जलचर प्राणी संरक्षण तथा सम्र्वद्धन समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।समितिका संयोजक विनोद महत र संरक्षक भीमसेन महतले विहिबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ध्यानाकर्षण पत्र बुझाउँदै जलचर प्राणीको रक्षाका लागि उपमहानगरपालिकालाई विशेष योजना अघि सार्न आग्रह गरेका छन् ।

खोलामा गाडि धुने कार्य तत्काल रोक्नुपर्ने, सवदाह गृहलाई व्यवस्थापन गरी सवसँग आएका बस्तुहरु र सवदाहपछि निक्लेका फोहोरहरुलाई अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने, जालबाट माछा मार्ने कार्य हाललाई रोक्नुपर्ने, खोलानालामा विष तथा करेन्ट लगाउनेलाई कानूनी कारवाही गर्ने व्यवस्थापन मिलाउन समितिले उपमहानगरपालिकालाई आग्रह गरेको छ ।

त्यसका लागि आवश्यक ठाउँहरुमा माइकिङ गर्ने र उपमहानगरपालिकाको लगानीमा निर्माण हुँदै गरेको थानाभर्याङको अटो भिलेजबाट निस्कने फोहोरपानीलाई व्यवस्थापन गरी खोलामा नजाने व्यवस्था गर्न समितिले आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्र बुझाउँदै समितिका संरक्षक भीमसेन महतले पानीमा हुनुपर्ने जलचर प्राणीले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै त्यस्ता प्राणीको अभावमा वातावरण असन्तुलित भई मावन जीवनमा नै ठूलो असर परेको बताए ।
सो अवसरमा उपप्रमुख राजेश बानियाँले सबै मिली खोला नाला खोल्साखोल्सी सबै ठाउँमा जलचर प्राणीलाई संरक्षण गरी पुरानै अवस्थामा पुर्याउनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*