अपडेट : कर्रा खोलामा डुबेका तीनजना बालकको शनाखत

हेटौंडा टुडे
२०७९ आश्विन ७, शुक्रबार २०:१६ गते

हेटौंडा । हेटौंडा ५ र ७ न्युरेनी को सिमाना पर्ने नागदह कर्रा खोलामा शुक्रबार अपरान्ह पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको शनाखत भएको छ। शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना पौडी खेल्न खोलामा हामफालेका तीन जना बालक बेपत्ता भएका थिए । पानीमा डुवेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो ।

डुबेर मृत्यु हुनेमा हेटौंडा(१५ फारलाइनका १७ बर्षीय शाहिल लामा १२ बर्षीय कारसाङ जिम्बा र १३ बर्षीय सजिब मोक्तान रहेको जनाइएको छ। मृतकहरुसँगै खोलामा पसेका हेटौंडा ८ का १२ रियान्स माझी भने तैरिएर बाहिर निस्किएका थिए। माझीले नै स्थानीयलाई शबर गरेका थिए।जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराबाट प्रहरी निरीक्षक केशर कुमार न्यौपानेको टोली घटनास्थल पुगेको थियो।शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*