हेटौडा । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई आइतबार जिल्ला अदालतले थप दुई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो । बलात्कारको आरोपमा सन्दीप २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
सन्दीप क्रिकेट खेलकै लागि विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते नगरकोट घुमाएर काठमाडौंको एक होटलमा राति बलात्कार गरेको बयान प्रहरीसामु ती नाबालिकाले दिएकी थिइन् ।
सेयर गर्नुहोस्


















