सेयर बजार १६ अंक घट्यो

हेटौंडा टुडे
२०७९ कार्तिक १७, बिहीबार १५:२५ गते

हेटौडा-सेयर बजारको परिसूचक नेप्से बिहीबार १६.१४ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९२२ अंकमा कायम भएको छ । परिसूचक मात्रै नभई कारोबार रकममा पनि कमी आएको छ । बुधबार १ अर्ब ४६ करोडको कारोबार भएकोमा बिहीबार जम्मा ८९ करोड ८९ लाखमा खुम्चियो ।

युनिलिभरको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत बढेर प्रतिकित्ता १९ हजार ५ सय कायम भयो । कम्पनीले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश दिने घोषणा गरेपछि मूल्य बढेको हो । कारोबार रकमका आधारमा एभरेस्ट बैंक, गरिमा विकास बैंक संस्थापक, अरुण काबेली, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*