प्री ओपन सेसनमा नेप्से घट्यो

हेटौंडा टुडे
२०७९ मंसिर १४, बुधबार ११:५३ गते

हेटौंडा |  प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ।

अघिल्‍लो कारोबार दिन अर्थात् मंगलाबार २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा बन्द भएको नेप्से यस सेसनमा ०.२९अंकले घटेर १९५३.०७ विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स ०.०९अंकले बढेको छ।

आज प्री ओपन सेसनमा ७ कम्पनीको  १७५ कित्ता सेयर ८३ हजार २८३ रुपैयाँमा कारोबार भयो।

कारोबारमा आएका ३ कम्पनीको मूल्य बढेको छ भने २ को घटेको  छ। बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*