सेयर बजार घट्यो

हेटौंडा टुडे
२०७९ मंसिर २१, बुधबार १५:२३ गते

हेटौंडा | ३७ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ १७, विकास बैंक ३०, फाइनान्स १९, जलविद्युत् १२, जीवन बीमा ८३, उत्पादन ५५, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३६, अन्य १० र ब्यापार उपसमूह १८ अंक घटे । होटल उपसमूह जम्मा ०.३ अंक बढ्यो । खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । नाडेप लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ग्लोबल आईएमई बैंकको ९, शिवम् सिमेन्ट र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ४.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सानिमा बैंक (संस्थापक), शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्टिलरी र रिडी पावर क्रमश: अगाडि रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*