सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ मंसिर २२, बिहीबार १२:२९ गते

हेटौंडा | बिहीबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला सुन ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*