प्रि-ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घट्यो

हेटौंडा टुडे
२०७९ मंसिर २५, आईतवार १२:०९ गते

हेटौंडा | प्रि-ओपन सेसनमा नेप्से सूचक १.२४ अंकले घटेको छ ।

यससँगै सूचक १९१६.०४ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ८० हजार ७३५ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा १३ उपसूचकहरू मध्ये कुल ३ कम्पनीको मूल्य बढेको छ भने ३ को मूल्य घटेको छ । बाँकी कम्पनीकोमा कुनै पनि परिवर्तन भएको छैन ।

यता गरिमा विकास बैंक र सिबाइसी नेपाल लघुवित्त २ प्रतिशतले बढेको छ । साथै सिबाइसी नेपाल लघुवित्तको एक लाख बढिको कारोबार भएको र एनआइसी एसिया बैंकको ६७ हजार बढीको कारोबार भएको नेप्सेले जानाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*