नेप्से परिसूचक ३१.९७ अंकले घट्यो

हेटौंडा टुडे
२०७९ मंसिर २५, आईतवार १५:४६ गते

हेटौंडा | साताको पहिलो कारोबारको  दिन आइतबार सेयर बजार घटेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सिभम सिमेन्ट शीर्ष स्थानमा छ। यसको १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नविल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

अघिल्लो कारोबार बुधबारको दिन सेयर बजार १६.६१ अंकले ओरालो लागेको थियो । बिहिबार भने सरकारले योः मरी पून्हिँको बिदा दिएको हुनाले नेप्से बन्द रहेको थियो ।

नेप्से उपसूचक कारोबार राताम्मै भएको छ। सबैभन्दा धेरै बैंकिङमा २.३० प्रतिशतले ओरालो लागेको हो । आइतबारको कारोबारमा सिवाइसी नेपाल लघुवित्त र सम्मीट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*