प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढ्यो

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार ११:५६ गते

 हेटौंडा | प्रि–ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ । २९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रूपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ ।   १३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ ।  -न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*