सांसद प्रेम बहादुर आले र माया राईले पद तथा गोपनीयताको लिए शपथ

हेटौंडा टुडे
२०७९ पुष १९, मंगलवार १३:४८ गते

हेटौंडा | सांसद प्रेम बहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नेपाली कांग्रेसबाट निर्वाचित राई र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित आलेलाई शपथ खुवाएका हुन् ।

राई सुत्केरी र आले मातृ शोकमा परेका कारण यसअघि उनीहरूले शपथ लिन सकेका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*